citizens life insurance long ad
stcnepal long ad

मैतीदेवीमा नेचर सुपरमार्केट सञ्चालनमा आयो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । सुपथ मुल्यमा दैनिक उपभोग्य सामाग्री उपलब्ध गराउने उद्देश्यले काठमाडौंको मैतीदेवी चोकमा नेचर सुपरमार्केट सञ्चालनमा आएको छ । व्यावसायिक क्षेत्रमा तीन दशकलामो अनुभव संगालेका व्यवसायीहरुको नेतृत्वमा सुपरमार्केट सञ्चालनमा आएको हो ।

उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ काठमाडौंको मैतीदेवी चोकबाट नेचर सुपरमार्केटको व्यावसायिक यात्रा सुरु गरेको छ ।

बजारको माग र आमउपभोक्ताको आवश्यकता अनुसार गुणस्तरीय खाद्यान्न तथा ग्रोसरी सामानहरु उपलब्ध गराउने उद्देश्यले सुपरमार्केट सञ्चालनमा आएको हो ।

बजार व्यवस्थापन तथा गुणस्तरीय उत्पादन, बिक्री वितरणको लामो अनुभव र अभ्यासमा सग्लन व्यक्तिको संग्लनतामा सुपरमार्केट सञ्चालनमा आएको हो ।

सुपरमार्केटमा प्रतिस्पर्धात्मक विश्व बजारमा उपभोक्ताको मागलाई ध्यानमा राख्दै पूर्ण पारिवारिक वातावरणमा गुणस्तरीय सेवा उपलब्ध हुने सञ्चालकको भनाइ छ । सुपथ मूल्यमा दैनिक उपभोग्य तथा ग्रोसरी सामान सुपरमार्केटमा उपलब्ध छन ।

सुपरमार्केटले उपभोक्ताको सहजताका लागि होम डेलिभरीको सुविधा समेत उपलब्ध गराएको छ । अनलाइनको माध्यमबाट सामानअर्डर तथा भुक्तानी गर्न सकिने व्यवस्था पनि छ ।

सुपर मार्केटले उपत्यकामा रहेका होटल, रेस्टुरेन्ट, होस्टेल, क्याटरिङ, क्यान्टिन, खुद्रा पसल लगायतका क्षेत्रहरुमा सुपथ मूल्यमा सामान उपलब्ध गराउने लक्ष्य राखेको छ ।

मूल्यमा एकरुपता कायम गर्दै उपभोक्ताको आवश्यकता र माग अनुसार हरदेखि गाउँसम्म गुणस्तरीय सामानहरु बिक्री वितरण गर्ने सुपरमार्केटको दावी छ ।
उदघाटनको अवसरमा सुपरमाकेर्टमा पुगेका ग्राहकहरुले पनि सेवा सुबिधा राम्रो रहेको प्रतिक्रिया दिएका छन । उनीहरुले अन्य स्थानभन्दा नेचर सुपरमार्केटमा सहुलियत दरमा सामान पाइएको बताए ।

नेचर सुपरले एक वर्ष भित्रमा काठमाडौं उपत्यकामा १० वटा शाखा विस्तार गर्ने लक्ष्य राखेको छ । पाँच वर्ष भित्र काठमाडौं उपत्यकामा ३० देखि ४० वटा शाखा बिस्तार गर्ने उद्देश्यले काम भैरहेको सञ्चालकको भनाइ छ । काठमाडौं उपत्यकापछि देशका प्रमुख शहरहरुमा नेचर सुपरमार्केटको शाखा विस्तार गर्ने उद्देश्य राखेको छ ।

IME Life
kumari