stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल निर्माण व्यवसायी महासंघको आजबाट साधारण सभा

अध्यक्षमा निकोलस पाण्डे र आङ दोर्जी लामा भिडदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको २६ औँ साधारण सभा एवं १३ औँ अधिवेशन आज चैत्र १७ गतेबाट काठमाडौंको नेपाल प्रज्ञा भवनमा सुरू हुँदैछ। आज चैत्र १७ गते साधारण सभाको उदघाटन सत्र र बन्दसत्र हुनेछ भने भोली चैत्र १८ र १९ गते महासंघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन समेत हुँदैछ।

महासंघको नयाँ नेतृत्वको लागि निकोलस पाण्डे र आङ दोर्जी लामा दुई समूह बीच तिव्र प्रतिस्पर्धा हुँदैछ। ए.डी.लामाको समुहबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल,एशोसिएट उपाध्यक्षमा एन। सि। शेर्पा, कोशी प्रदेश उपाध्यक्षमा जनकराज तिमिल्सिना,बागमती प्रदेश उपाध्यक्षमा हिरन कुमार श्रेष्ठ,गण्डकी प्रदेश उपाध्यक्षमा खिम प्रकाश मल्ल,लुम्बिनी प्रदेश उपाध्यक्षमा यज्ञ बहादुर खत्री,कर्णाली प्रदेश उपाध्यक्षमा मोहन प्रकाश आचार्य, सुदुरपश्चिम प्रदेश उपाध्यक्षमा प्रकाश बहादुर सेटी,महासचिवमा शिव हरि घिमिरे,नीतिगत उपमहासचिवमा राजकुमार बस्ताकोटी,आन्तरिक उपमहासचिवमा सन्तोष शाह, कोषाध्यक्षमा बालाजु श्रेष्ठ र सहकोषाध्यक्षमा दिनेश बहादुर सिंह उम्मेदवार बनेका छन।

यस्तै निकोलस पाण्डे समुहबाट वरिष्ठ उपाध्यक्षमा रामजी पन्त,कोशी प्रदेश उपाध्यक्षमा घिरेन्द्र दाहाल, बागमती प्रदेश उपाध्यक्षमा बालकृष्ण थापा,गण्डकी प्रदेश उपाध्यक्षमा राजेन्द्र पहारी,लुम्बिनी प्रदेश उपाध्यक्षमा सहदेव खडका,कर्णाली प्रदेश उपाध्यक्षमा हिम बहादुर बुढा, सुदुरपश्चिम प्रदेश उपाध्यक्षमा भीम बहादुर पाल,एशोसिएटस उपाध्यक्षमा नरहरि थपलिया, महासचिवमा बलिभद्र राना,नीतिगत उपमहासचिवमा मंगल बहादुर शाही,आन्तरिक उपमहासचिवमा सुवित श्रेष्ठ, कोषाध्यक्षमा उज्ज्वल गौतम र सहकोषाध्यक्षमा उपेन्द्र घिसिङ उम्मेदवार बनेका छन। काठमाडौंको प्रज्ञा प्रतिष्ठान भवनमा चैत्र १७ गते उद्घाटन सत्र आयोजना गरिने छ। सोलगत्तै निर्वाचन प्रक्रिया सुरु हुने महासंघले जनाएको छ।

साधारण सभाको कार्यक्रम तालिकाअनुसार आज उद्घाटन सत्रपछि बन्द सत्र पनि सञ्चालन हुने महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिएका छन। आजै उम्मेदवारी दर्ता प्रक्रिया र निर्वाचन प्रक्रिया सुरू हुने छ। चैत्र १९ गते बिहान ८ बजेदेखि २ बजेसम्म मतदान हुने कार्यक्रम तय गरिएको छ।

मतदानपछि मत गणना गरी नयाँ नेतृत्व घोषणा तथा जिम्मेवारी हस्तान्तरण गरिने अध्यक्ष रवी सिंहले बताएका छन। एफक्यानले नयाँ नेतृत्वको चुनावका माघ १५ देखि १७ गतेसम्म हुने भनिएको थियो। तर भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका भएसँगै अधिवेशन स्थगन गरिएको थियो।

७७ जिल्ला संघ, ७ प्रदेश महासंघ, एसोसिएट र एक वस्तुगत संघका गरी हाल मुलुकका ३० हजार भन्दा बढी निर्माण व्यवसायीहरू महासंघमा आबद्ध छन्। साधारण सभामा देशभरबाट ९ सय ६५ जना प्रतिनिधि र करिब ९ सय पर्यवेक्षक सहभागी हुदैछन। साधारण सभाको उद्घाटन सत्रमा निर्माण क्षेत्रमा केन्द्रीत रही विज्ञको लेख, रचना एवं महासंघका गतिविधि समेटिएको ‘निर्माण विशेषाङ्क’ स्मारिकाको विमोचन गरिने भएको छ।

साधारण सभास्थलमा निर्माण कम्पनीसँग सम्बन्धित २८ वटा स्टलहरू पनि राखिने महासंघले जनाएको छ। निर्माण उद्योगमा देखिएको चुनौतिका बारेमा घनिभूत छलफल गर्दै निर्माण उद्योगको विकास विस्तारका लागि साधारण सभाले गरेका महत्वपूर्ण निर्णयहरू लिपिवद्ध गर्दै घोषणा पत्र जारी गरिने अध्यक्ष सिंहले बताएका छन। साथै यस चुनावी अधिवेशनले आगामी तीन वर्षका लागि ५१ सदस्यीय महासंघको केन्द्रीय कार्य समितिको नयाँ नेतृत्व समेत चयन गर्ने महासचिव रोशन दाहालले बताएका छन।

अध्यक्ष,वरिष्ठ उपाध्यक्ष र महासचिवमा कडा प्रतिस्पर्धा !

निर्माण व्यवसायीहरुको छाता संगठन महासंघको निर्वाचनका लागि सल्लाहकार निकोलस पाण्डे र वरिष्ठ उपाध्यक्ष आङ दोर्जी९एडी० लामाबीच प्रतिस्पर्धा हुँदैछ। पाण्डे यसअघि रवी सिंहसँग पराजित भएका थिए। २०७९ फागुनमा भएका महासंघको निर्वाचनमा अध्यक्षमा सिंह,पाण्डे र हुमनाथ कोइरालाले प्रतिस्पर्धा गरेका थिए।

तर कांग्रेस निकट रवी सिंहले दोस्रो कार्यकालका लागि अध्यक्ष जितेका थिए। महादेव खिम्ति निर्माण सेवा प्रा। लि। का सञ्चालक सिंह कांग्रेस नेता प्रकाशमान सिंहका आफन्त हुन। कालीका कन्स्ट्रक्सन प्रा। लि। का पाण्डे भने राप्रपाका नेता विक्रम पाण्डेका छोरा हुन।

पाण्डेको समुहको वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठको उम्मेदवारी रहेको छ। यसपाली लामा र पाण्डे समुहबीचमा कडा प्रतिस्पर्धा हुने र पाण्डे समुहले निर्वाचन जित्ने निर्माण व्यवसायीहरूबीचमा चर्चा छ।

निर्माण व्यवसायिहरूले खरिद ऐन र नियमावलीमा संशोधन गर्नुपर्ने,ठेक्का लगाउनु अघि बजेट स्रोतको सुनिश्चितता भएपछि मात्र ठेक्का व्यवस्थापन गर्नुपर्ने, जग्गाको मुअब्जा दिनुपर्ने,साइड क्लियर गर्नुपर्ने, विद्युत पोल,दुरसञ्चारको पोल,खानेपानीको पाइप,ढलको व्यवस्था मिलाउनुपर्ने र निर्माण व्यवसायीहरूलाई आर्थिक चन्दा मागेर दुःख दिने स्थानीय गुण्डा र राजनीतिक दलका कार्यकर्ताहरूलाई कारवाही गर्नुपर्ने जस्ता माग गर्दै आएका छन।

काम सम्पन्नभई भुक्तानीका लागि बिल पेश भएका फाइलहरूको ७ दिनभित्र भुक्तानी गर्नुपर्ने,जथाभावी ठेक्का तोडन नहुने,कावुबाहिरको परिस्थितिले गर्दा काम हुन नसकेका ठेक्काहरूको र काम भैरहेका निर्माण ठेक्काको म्याद बढाउनुपर्ने, निर्माण सामाग्रीहरूको वर्षभरि मूल्य स्थिर राख्ने व्यवस्था हुनुपर्ने, निर्माण व्यवसायीहरूलाई उद्योग सरह कम व्याजमा ऋण प्रवाहको व्यवस्था गर्नुपर्ने र निर्माण उपकरण आयातमा ५ प्रतिशतमात्र भन्सार महसुल लगाउनुपर्ने जस्ता माग उठाउदै आएका छन।

देशको वर्तमान राजनीतिक अवस्था र निर्माण व्यवसायमाथि चौतर्फी प्रहार भइरहेका बेला महासंघ एकताबद्ध भएर अगाडि बढ्नुपर्ने महासंघका महासचिव रोशन दाहालले बताएका छन्।

IME Lifesidebar
kumari