stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

निजी क्षेत्रको एकताका लागि सर्वसम्मत नेतृत्व चयन गरौं: चन्द्र ढकाल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरेका छन् ।

महासंघको निर्वाचनको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा बोल्दै उनले निर्वाचनमा हुने प्यानलगत विभाजनले निजी क्षेत्र कमजोर हुने भन्दै समझदारीमा जोड दिएका हुन् ।
अहिले देशमा दुई तिहाइको स्थायी सरकार बन्ने प्रक्रियामा रहेको र यस्तो बेला निजी क्षेत्र एकढिक्का हुनुपर्ने बताए ।

अध्यक्ष  ढकालले एक ढिक्का भएर आवाज उठाए मात्रै सरकारले सुन्ने उनको भनाइ छ । आफ्नो विगतको निर्वाचन अनुभव सुनाउँदै उनले भोट दिन्छु भन्ने सबैले भोट नहाल्ने यथार्थलाई बुझ्न उम्मेदवारहरूलाई आग्रह गरे ।

विधानले पदहरू समेत बढाएकाले इगो त्यागेर पदाधिकारी तहमा सर्वसम्मत नेतृत्व चयन गर्न उनले वरिष्ठ उपाध्यक्ष र अन्य उम्मेदवारहरूलाई सुझाव दिए । निजी क्षेत्रको एउटै बलियो आवाजका लागि एकताको विकल्प नभएको उनको निष्कर्ष छ ।

अध्यक्ष ढकालले भने, ‘उम्मेदवार साथीहरूलाई के भन्न चाहन्छु भने हामी बसौँ । अध्यक्षज्यू, वरिष्ठ उपाध्यक्षज्यू, पूर्वअध्यक्षज्यूहरूलाई पनि म भन्न चाहन्छु हामी समझदारी गरौँ । यो विधानले वास्तवमा पदहरू पनि बढाएको छ ।

तपाईंहरू धेरैजना पनि हुनुहुन्न र तपाईंहरूले इगो पनि नराख्नुस् ।’अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघको संशोधित विधानले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूको प्रतिनिधित्व र अधिकारलाई व्यापक बनाएको बताए ।

prabhu mahalaxmi
kumari