stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

नेपाल ल्यूब आयलको असोज १८ गते वार्षिक साधारण सभा   

एफपीओ पनि आउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले २५ प्रतिशत लाभांश वितरण गर्दैछ । यस कम्पनीले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्ताव पारित गर्ने यस कम्पनीले असोज १८ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा, याक प्लालेस, पुल्चोक, ललितपुरमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।

साधारण सभामा कम्पनीले लाभांश सहित प्रिमियममा एफपीओ पनि जारी गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज ४ गते बुक क्लोज गरिसकेको छ । असोज ४ भन्दा अघिसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

prabhu mahalaxmi
kumari