sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की विजयी

Nimb long ad
Prabhu Insurance Long Ad

पर्वत । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की विजयी भएका छन्।  संघ ३५ औँ महाधिवेशनअन्तर्गत मतदानमाट कार्कीले आफ्ना प्रतिस्पर्धी अर्जुन पोखरेललाई ४८८ मतान्तरले पराजित गरे।

निर्वाचनमा कुल खसेका दुई हजार २४७ मतमध्ये कार्कीले एक हजार तीन सय ३९ मत प्राप्त गर्दा पोखरेलको पक्षमा ८५१ मत मात्रै आएका छन्।

निर्वाचनबाट उपमहासचिवमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका सुदीपमान प्रधानाङ्ग विजयी भएका छन्। उनले अर्जुन पोखरेलको प्यानलबाट उठेका बालकृष्ण कोइरालालाई पराजित गरेका हुन्। प्रधानांगले एक हजार १७७ मत प्राप्त गरे भने कोइरालाले एक हजार ४७ मत प्राप्त गरे।

संघको अध्यक्ष र उपमहासचिवबाहेक अन्य पदमा भने निर्विरोध निर्वाचित भएका थिए। संघको वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भए।

gold
nawakantipur long