आजको अमेरिकी डलरको भाउ
काठमाडौं । केन्द्रीय बैंकले सोमबारका लागि एक अमेरिकी डलरको खरिद दर १२० रुपैयाँ ०३ पैसा र बिक्री दर १२० रुपैयाँ ६३ पैसा कायम गरेको छ । पछिल्ला दिनहरुमा डलरको भाउ उच्च विन्दुमा खरिदबिक्री भइरहेको छ ।
अमेरिकी डलरको तुलनामा भारतीय मुद्राको विनिमय दर कमजोर बनेको छ ।
नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर रहेकाले भारु अवमूल्यन हुँदा नेपाली रुपैयाँको सटहीदर पनि कमजोर देखिएको हो ।




























