citizens life insurance long ad
stcnepal long ad

आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज असार २५ गते बिहीबार सुनको भाउ नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। यस्तै चाँदीको मूल्य पनि हालसम्मकै उच्च उचाईमा पुगेको छ।

आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४०० रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९६५ रुपैयाँ, र चाँदीको मूल्य प्रतितोला ९८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँ, तेजावी सुन ९०५ रुपैयाँ र चाँदी प्रतितोला २५ रुपैयाँले वृद्धि भएको हो।

यसअघि असार १७ गते छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ पुगेको थियो ।

IME Life
kumari