stcnepal long ad
global ime bank long

काठमाडौंमा मंसिर १४ देखि १८ सम्म नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारको सहकार्यमा आगामी मंसिर १४ देखि १८ गतेसम्म नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला गर्ने भएको छ।

सोमवार टेकुस्थित महासंघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै महासंघले जानकारी दिएको हो। महासंघले नेपाल सरकारको सहयोगमा आगामी मंसिर १४ देखि १८ गतेसम्म काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने भएको छ।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गत वर्ष कोभिडको कारण निरन्तरता पाउन नसकेको मेला यो वर्ष आयोजना गर्न लागेको बताए।

उनले नेपाल सरकारसँगको सहकार्यमा आगामी मंसिर १४ देखि १८ गतेसम्म काठमाडौंमा हुन लागेको बताए। उनले उक्त मेलाको लागि ५० प्रतिशत भन्दा बढी स्टलहरु बुकिङ भइसकेको बताए। उनले मेलामा करिव ३ सय स्टलहरु रहने बताए।

उनले मेलामा ७० भन्दा बढी चीनबाट र ८० भन्दा बढी स्टल बुकिङ भारतबाट भएको उल्लेख गरे।उनले मेलामा बंलादेशबाट पनि ४० भन्दा बढी स्टल बुकिङ गरेको बताए।

उनले लामो समयपछि अन्तर्राष्ट्रिय व्यापार मेला हुन लागेकाले अन्तर्राष्ट्रिय व्यापार महत्वपूर्ण योगदान पुग्ने विश्वास रहेको बताए।

IME Lifesidebar
kumari