citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सोनापुर मिनरल्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आइपीओमा आवेदन दिने आज भदौ २६ गते मंगलबार अन्तिम दिन हो । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् ।

सोनापुर मिनरल्सले साउन २९ गतेदेखि प्रिमियममा आइपीओ निष्कासन गरेको हो ।यसले फेस भ्याल्यू १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँको दरले आइपीओ जारी गरेको हो । उद्योग प्रभावित क्षेत्रका बासिन्दालाई १५ लाख ३७ हजार ५२५ कित्ता आइपीओ निष्कासन गरेको छ ।

यसमा  उद्योग  प्रभावित क्षेत्र दाङ र रोल्पा जिल्लाका स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । स्थानीय बसिन्दाले यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, कुमारी बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ । क्रेडिट रेटिङ नेपालले सोनापुर मिनरल्सको आइपीओलाई केयर एनपी त्रिपल बी माइनस इस्यूआर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्छ ।

himalayan life insurance
igi long