३१ महिनापछि चीनले खोल्यो रसुवागढी नाका
काठमाडौं । नेपाली वस्तु निर्यातको लागि चीनले ३१ महिनापछि रसुवागढी नाका खोलेको छ । लामो समयदेखि बन्द रहेको नाका चीनले मंगलबारदेखि खुला गरेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।
चैत २०७६ मा नेपाल सरकारले कोभिड–१९ महामारीलाई मध्यनजर गर्दै नेपाल भित्रिने सबै नाका सिल गरेयता सो नाकाबाट नेपाली वस्तु निर्यात ठप्प थियो । यता सिन्धुपाल्चोकको तातोपानी नाका भने नेपाली वस्तु निर्यातका लागि अझै बन्द अवस्थामा छ ।























