citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको दावी

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताएका छन् ।

आइतबार मन्त्रालयमा हिमालपारी व्यापार संघका पदाधिकारी र व्यवसायीहरूले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले नाका  सहज रुपमा सञ्चालन गर्नका लागि चिनियाँ पक्षहरूसँग पनि कुरा गरिरहेको जानकारी दिए ।

उनले चिनियाँ पक्षसँगको भेटमा पनि नाका सञ्चालन गर्ने कुरामा विशेष जोड दिने प्रतिवद्धता जनाउँदै यहि दसैं भन्दा अघि नै आपूर्ति सहज हुने हिसाबले सकारात्मक नतिजा दिने जानकारी गराए ।

उनले सोमबार चिनियाँ जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल आउने र मंगलबार आफूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै सो भेटमा नाका सञ्चालनको बारेमा कुरा राख्ने बताए । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको नियन्त्रणामा चान्सु सोमबार ४ दिनका लागि भ्रमणमा आउँदै छन् । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

himalayan life insurance
igi long