stcnepal long ad
ime life insurance
national life
global ime bank long

बजारमा खाना पकाउने एलपी ग्यासको आयात पाँच प्रतिशतले बढ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । बजारमा खाना पकाउने एलपी ग्यासको आयात पाँच प्रतिशतले बढेको छ । खपत बढेसँगै आयात समेत वृद्धि भएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा (साउन–जेठ) ५७ अर्ब ३६ करोड ६६ लाख ८० हजार रुपियाँ बराबरको पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात भएको छ ।

गत वर्ष सो अवधिमा ५१ अर्ब ७६ करोड २६ लाख ७९ हजार रुपियाँको चार लाख ८१ हजार मेट्रिक टन आयात भएको थियो । यो वर्ष गत आवको तुलनामा छ अर्ब रुपियाँ बराबरको २५ हजार हजार मेट्रिक टन ग्यास आयात बढी हो । ग्यासको मागसँगै खपत बढेकाले आयातमा समेत वृद्धिको तथ्याङ्कले देखाएको छ ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले सहरी क्षेत्रसँगै ग्रामीण क्षेत्रमा ग्यासको प्रयोग बढ्न थालेकाले पनि ग्यासको खपत बढ्दै गएको जानकारी दिनुभयो । ग्यासको माग बढ्दै गएकाले आयातमा समेत वृद्धि भएको उहाँले जानकारी दिनुभयो । घरायसी प्रयोगसँगै व्यावसायिक प्रयोजनका लागि ग्यासको खपत हुने गर्छ ।

सरकारले विद्युत्को प्रयोग बढाएर ग्यासको आयात घटाउने लक्ष्य लिए पनि ग्यासको आयात भने घट्नुका साथै बढ्दै गएको छ । पछिल्लो समय घर घरमा विद्युतीय चुलो ९इन्डक्सन० को प्रयोगसमेत बढ्दै गएको छ ।

खाना पकाउनका लागि विद्युतीय चुलोको प्रयोग भए पनि बिजुलीमा पूर्ण रूपमा भर नहुँदा ग्यासको खपत भने अझै बढ्दै गएको तथ्याङ्कले देखाएको छ । निगमले मासिक ४५ हजार मेट्रिक टन ग्यासको कोटा निर्धारण गरेको छ । सोही कोटा अनुसार ग्यास उद्योगीले ग्यासको आयात नियमित रूपमा गरिरहेका छन् ।

निगमले ग्यासको खरिद आदेश (पिडियो) जारी गर्ने र निजी व्यवसायीले ग्यास आयात गर्ने गर्छन् । गर्मी समयको तुलनामा जाडो समयमा ग्यासको खपत १० प्रतिशतले बढ्ने गर्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार मुलुकभर ४४ प्रतिशत घरधुरीले ग्यासको प्रयोग गर्ने गरेका छन् ।

पछिल्लो समय सहरी क्षेत्रमा मात्र नभएर गाउँ गाउँमा समेत ग्यासको प्रयोग बढ्दै गएको छ । निजी उद्योगी व्यवसायीले भारतका विभिन्न रिफाइनरी केन्द्रबाट खाना पकाउने ग्यास आयात हुने गर्छ । मुलुकमा विभिन्न ५९ वटा ग्यास उद्योगले ग्यास आयात गरी बजारमा वितरण गर्ने गरेका छन् । हाल बजारमा प्रतिसिलिन्डर ग्यासको मूल्य एक हजार ९१० रुपियाँ रहेको ।

IME Lifesidebar
kumari