stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाली चियाको अधिकांश हिस्सा विदेश निर्यात

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

विराटनगर। नेपालमा उत्पादित अधिकांश चिया निर्यात हुने गरेको छ। आन्तरिक बजारमा त्यसको तुलनामा कम खपत हुने गरेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ।

नेपाल राष्ट्र बैंकको विराटनगर कार्यालयका अनुसार नेपाली चिया ८८.६ प्रतिशत निर्यात हुने गरेको छ। बैंकको आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्ययोजनामा कोशी प्रदेशमा प्रशोधित अर्थोडक्स चिया ११.४ प्रतिशत मात्र आन्तरिक बजारमा खपत हुने उल्लेख गरेको छ।

‘अर्गानिक’ प्रमाणित चिया २१.६३ प्रतिशत निर्यात हुने गरेको छ। त्यस्तो चिया तेस्रो मुलुकमा निर्यात हुने गरेको बैंकले जनाएको छ। कोशी प्रदेशमा उत्पादित अर्थोडक्स चियाले नेपालको चिया उद्योग विकासमा महत्वपूर्ण भूमिका खेलेको छ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको माग बढ्दै जाँदा यसको आर्थिक प्रभाव पनि उल्लेखनीय देखिन्छ। अर्थोडक्स चियाको गुणस्तर, प्राकृतिक स्वाद, र सुगन्धले अन्तर्राष्ट्रिय बजारमा छुट्टै पहिचान बनाएको अध्ययनले देखाएको छ।

विशेषगरी इलाम, पाँचथर, धनकुटा, तेह्रथुम र संखुवासभा जिल्लाहरूमा अर्थोडक्स चियाको व्यावसायिक खेती विस्तार भइरहेको छ। अध्ययनका अनुसार कोशी प्रदेशमा हाल एक सय वटा अर्थोडक्स चिया प्रशोधन उद्योगहरू सञ्चालनमा छन्।

तीमध्ये २१ वटा ‘अर्गानिक सर्टिफाइड’ र ७९ वटा ‘अर्गानिक अनसर्टिफाइड’ छन्। आर्थिक वर्ष २०७९/८० मा ७८ लाख ३८ हजार ९४६ केजी प्रशोधित अर्थोडक्स चिया उत्पादन भएको थियो। कुल उत्पादनमा अर्गानिक सर्टिफाइड चियाको हिस्सा ११.९ प्रतिशत र अनसर्टिफाइड चियाको हिस्सा ८८.१ प्रतिशत छ।

अध्ययनमा सहभागी गराइएका ८४ उद्योगमा कुल ३ अर्ब ६८ करोड ७४ लाख रुपैयाँ लगानी रहेको पाइएको छ। त्यसमध्ये ३६.४ प्रतिशत ऋण र ६३.६ प्रतिशत स्वपुँजी रहेको बैंकले जनाएको छ।

अर्गानिक सर्टिफाइड चियाको आन्तरिक बजार मूल्य प्रतिकेजी ९४१.६० रुपैयाँ छ भने अन्तर्राष्ट्रिय बजार मूल्य ८०१.५१ रुपैयाँ छ। अनसर्टिफाइड चियाको मूल्य आन्तरिक बजारमा ४३३.७१ रुपैयाँ र अन्तर्राष्ट्रिय बजारमा ४०८.३१ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।

धेरैजसो चिया भारतीय बजारमा निर्यात हुने गरेको छ। अर्गानिक चिया भने समुद्रपारका मुलुकहरुसम्म पुग्ने गरेको छ। चिया तथा कफी विकास बोर्डका अनुसार अमेरिका, जापान, चीन लगायत मुलुकमा चिया र कफी निर्यात हुँदै आएको छ।

विषादी नभएको चिया अन्तर्राष्ट्रिय बजारका पारखीहरुले मन पराउने गरेको इलामको फिक्कलस्थित सिद्धिबिनायक चिया उद्योगका सञ्चालक दिनेश अग्रवाल बताउँछन्।

IME Lifesidebar
kumari