citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एयर कार्गोको आयात/निर्यात शुल्क १० प्रतिशतले बढ्यो

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर कार्गोको आयात/निर्यात शुल्क १० प्रतिशतले बढाएको छ ।

प्राधिकरणको स्वामित्वमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीद्वारा सञ्चालित एयर कार्गो बिल्डिङका अनुसार एयर कार्गो आयातरनिर्यातको शुल्क बढाइएको हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार प्रत्येक दुई/दुई वर्षमा १० प्रतिशतका दरले स्वतः वृद्धि गर्ने विमानस्थल नियमावली अनुसार एयर कार्गो आयात/निर्यात शुल्क बढाइएको हो । वृद्धि भएको शुल्क यही चैत ४ गतेदेखि लागु हुने उहाँले बताउनुभयो ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका अनुसार वृद्धि भएको शुल्क अनुसार साधारण मालसामान आयात गर्दा प्रतिकेजी सात रुपियाँ १२ पैसाका दरले न्यूनतम शुल्क १३३ रुपियाँ १० पैसा तोकिएको छ ।

त्यस्तै साधारण मालसामान निर्यातमा गर्दा प्रतिकेजी एक रुपियाँ ३३ पैसाका दरले न्यूनतम २६६ रुपियाँ २० पैसा शुल्क तोकिएको छ ।

त्यसै गरी बहुमूल्य मालसामानतर्फ आयात गर्दा प्रतिकेजी १० रुपियाँ ६५ पैसाका दरले न्यूनतम २६६ रुपियाँ २० पैसा लाग्ने छ ।

साथै निर्यातमा प्रतिकेजी तीन रुपियाँ ३३ पैसाका दरले न्यूनतम ३३२ रुपियाँ ७५ पैसा कायम हुने छ । नाशवान् मालसामान तर्फ आयात गर्दा प्रतिकेजी दुई रुपियाँ ६६ पैसा कायम गर्दै न्यूनतम २६६ रुपियाँ २० पैसा शुल्क लाग्ने छ ।

त्यसै गरी खतराजन्य मालसामान आयात गर्दा प्रतिकेजी प्रतिकिलो २१ रुपियाँ ३३ पैसाका दरले न्यूनतम ५३२ रुपियाँ ४० पैसा कायम गरिएको छ ।

सोही मालसामान निर्यात गर्दा प्रतिकेजी छ रुपियाँ ६६ पैसा कायम गर्दै प्रतिकेजी ६६५ रुपियाँ ५० पैसा शुल्क तोकिएको छ ।

यस बाहेक एक्सप्रेस कुरियर ब्याग, कुरियर पार्सल र एक्सप्रेस कार्गो आयात गर्नुपर्दा प्रतिकिलो छ रुपियाँ ६६ पैसा कायम गर्दै न्यूनतम २६६ रुपियाँ २० पैसा कायम गरिएको छ ।

उक्त सामान निर्यात गर्दासमेत प्रतिकिलो छ रुपियाँ ६६ पैसा कायम गर्दै न्यूनतम १३३ रुपियाँ १० पैसा कायम गरिएको छ । जीवित जनावर आयातरनिर्यात गर्दा बहुमूल्य मालसामानको दोब्बर दस्तुर लाग्ने जनाइएको छ ।

himalayan life insurance
igi long