sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

बढ्यो अलैँची निर्यात

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । अधिकांश वस्तुको निर्यात घटिरहेका बेला स्वदेशमै उत्पादन हुने अलैँचीको निर्यात भने वृद्धि भएको छ। चालु आर्थिक वर्षको पाँच महिनामा करिब चार अर्ब रुपियाँ बराबरको अलैँची निर्यात भएको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि मङ्सिरसम्म तीन अर्ब ९८ करोड ६१ लाख पाँच हजार रुपियाँ बराबरको २३ लाख ७४ हजार ११० केजी अलैँची आयात भएको हो छ ।

गत आवको सोही अवधिमा दुई अर्ब ७२ करोड ८२ लाख ६५ हजार रुपियाँ बराबरको ११ लाख ३४ हजार १२७ केजी निर्यात भएको छ । गत वर्षको तुलनामा पाँच महिनामा एक अर्ब २६ करोड रुपियाँले अलैँची निर्यातमा वृद्धि भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गएकाले निर्यातमा उलेख्य वृद्धि भएको हो। व्यापारविज्ञ रविशङ्कर सैँजूले स्वदेशमा उत्पादित अलैँची अन्य देशको भन्दा उच्च गुणस्तरको भएकाले पनि निर्यात बढ्दै गएको जानकारी दिनुभयो।

अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग उच्च छ, नेपालमा प्याकेजिङ र ग्रेडिङ गरेर पठाउन सके वार्षिक १० अर्ब रुपियाँको निर्यात गर्न सकिने उहाँको छ।

अन्तर्राष्ट्रिय बजारमा अलैँचीको निर्यात बढाएर विदेशी मुद्रा आर्जन गर्न सकिने उहाँको भनाइ छ। नेपालले नै अन्तर्राष्ट्रिय रूपमा अलैँचीको बजारीकरण गर्दै आफ्नो उत्पादनको उच्च मूल्य पाउने अवस्था सिर्जना गर्नेतर्फ विशेष पहल गर्नुपर्ने उहाँको भनाइ छ ।

सबैभन्दा धेरै भारतमा अलैँची निर्यात हुने गरेको छ । मुलुकमा उत्पादित अलैँची छिमेकी मुलुक भारतमा ठुलो परिणाममा निर्यात हुने गरेको छ । भारतबाट व्यवसायीले अन्य देशमा समेत अलैँची निर्यात गर्ने गरेका छन् ।

विभागको तथ्याङ्क अनुसार आव २०७९/८० मा आठ अर्ब २५ करोड ५९ लाख ९२ हजार रुपियाँ बराबरको ९९ लाख ४६ हजार २६२ केजी अलैँची निर्यात भएको हो।

आव २०७८/७९ मा चार अर्ब ७७ करोड ८९ लाख ८९ हजार रुपियाँ बराबरको ५२ लाख ९७ हजार ४४३ किलो अलैँची निर्यात भएको थियो । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी अलैँचीको माग बढेसँगै वार्षिक रूपमा अलैँची निर्यात बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।

नेपालको पूर्वी जिल्लामा उत्पादन हुने अलैँची जर्मनी, भारत, इटाली, पाकिस्तान, अमेरिका लगायतका देशमा निर्यात हुने गर्छ। नेपाली अलैँची निकासी हुने ठुलो बजार भनेको भारत नै हो। अलैँची औषधी र मसलाका रूपमा प्रयोग गर्ने गरिन्छ।

अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गए पनि खेती गर्ने क्षेत्रफल भने घट्दै गएको छ । नेपालमा उत्पादित वस्तुमध्ये सर्वाधिक निर्यात हुने वस्तुमध्येको एक हो अलैँची। जसलाई कालो सुनको उपनामले समेत चिनिन्छ ।

अलैँचीको प्रयोग गर्दा स्वास्थ्यका लागि लाभदायक हुने बताइएको छ । खाना खाइसकेपछि अलैँचीको सेवन गर्नाले यसमा हुने रासायनिक गुणले खाना पचाउनुका साथै रगत सफा गर्न मद्दत गर्नुका साथै पेटमा ग्यास्ट्राइटिस तथा अल्सर हुनबाट रोकिने चिकित्सकको भनाइ छ।

पानीमा अलैँचीको धुलो, अदुवाको रस तथा एक चिम्टी हिङ राखेर पिउनाले पेटसम्बन्धी समस्याबाट छुटकारा पाइने बताएको छ। वैदेशिक व्यापार घाटा कम गर्न योगदान पु¥याउने अलैँची नेपालका ४३ भन्दा बढी जिल्लामा व्यावसायिक रूपमा उत्पादन हुँदै आएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १५ हजार ९७५ हेक्टर क्षेत्रफलमा आठ हजार ७१४ मेट्रिक टन अलैँची उत्पादन भएको छ ।

यस्तै आव २०७७/७८ मा १५ हजार ६६८ हेक्टर क्षेत्रफलमा आठ हजार २८९ मेट्रिक टन अलैँची उत्पादन भएको छ ।आजको गोरखापत्र दैनिकमा समाचार छ।

gold
nawakantipur long