stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

१ अर्ब २२ करोडको अदुवा निर्यात

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा ३३ करोड रूपैयाँको २६ लाख १४ हजार १७८ किलो अदुवा दुई महिनामा निर्यात भएको छ । गत आवमा नेपालबाट २ करोड ३० लाख १३ हजार ६८२ किलो अदुवा निर्यात भएको थियो ।

भन्सार विभागका अनुसार नेपालबाट बंगलादेश, भारत, नेदरल्यान्ड्स, जापान, युनाइटेड अरब इमिरेट्स, जर्मनी, जापान, कतारलगायत मुलुकमा नेपालबाट अदुवा निर्यात हुने गरेको छ ।

सन् २०२१ र २२ मा नेपालमा २ लाख ८७ हजार मेट्रिक टन अदुवा उत्पादन भएको सरकारी तथ्यांकले देखाउँछ ।

नेपालमा २२ हजार ४४१ हेक्टर क्षेत्रफलमा अदुवा खेती हुँदै आएको छ । गत वर्ष अदुवा निर्यात गरेर १ अर्ब २२ करोड २२ लाख रूपैयाँ बराबरको विदेशी मुद्रा नेपालले आर्जन गरेको छ ।

अदुवा विश्वमै उत्कृष्ट र लोकप्रिय मसला बाली हो । यसलाई नगदे बालीको रूपमा पनि लिइन्छ । अदुवाको स्वादले तरकारी, मासु लगायत परिकारमा विशेष स्वाद आउने भएकाले यसको प्रयोग गरिन्छ ।

अदुवा औषधिजन्य गुणसमेत भएकाले विभिन्न औषधिमा समेत प्रयोग गर्ने जानकारहरू बताउँछन् । आजको नागरिक दैनिकमा समाचार छ ।

prabhu mahalaxmi
kumari