prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

एशियन हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा बुधवार एशियन हाइड्रोपावरको ३४ लाख कित्ता साधारण शेयर सूचिकृत भएको हो ।

एशियन हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको ३ लाख ४० हजार, सर्वसाधारणको लागि निष्काशन गरेको ८ लाख ४० हजार र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको २२ लाख २० हजार कित्ता गरी कुल ३४ लाख कित्ता साधारण शेयर सूचिकृत गराएको हो ।

कम्पनीलाई पहिलो कारोबारको लागि नेप्सेले ९९ रुपैयाँ ६० पैसादेखि २९८ रुपैयाँ ८० पैसा ओपन रेञ्ज तोकेको छ । यही ओपन रेञ्जको आधारमा बिहीवारदेखि कम्पनीको शेयर कारोबारमा आउनेछ ।

कम्पनीको स्टक सिम्बोल एएचएल रहेको छ । त्यस्तै शेयर सूचीकरणपश्चात् दिनुपर्ने आरटीएस सेवा एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंबाट हुने कम्पनीले जनाएको छ ।

८ चैत २०७९, बुधवार १४:४० बजे प्रकाशित

NTA long ad
stcnepal long ad