चैत ३ गते नेसनल हाइड्रोपावरको साधारण सभा

काठमाडौं । चैत ३ गते शुक्रबार नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा काठमाडौंमा बिहान ११ बजेबाट , डेलिस ओपेरा रेष्ट्रो एन्ड ब्यांकेट, बालुवाटार, सुरु हुनेछ ।
कम्पनीले यसपटक लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन् । साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा, नोक्सान, नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ ।
साथै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले फागुन १९ गते बुक क्लोज गरिसकेको छ । फागुन १८ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।
हाल नेसनल हाइड्रोपावरले ५० प्रतिशत हकप्रद सेयर निष्सकानका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बोर्डबाट अनुमति पाएपछि यस कम्पनीले हकप्रद सेयर बिक्री खुला गर्नेछ ।
१ चैत २०७९, बुधवार ०८:१२ बजे प्रकाशित