citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज माघ १२ गते सुपर मादी हाइड्रोपावरको आइपीओमा आवेदन दिने अन्तिम दिन

हाइड्रोपावर  कम्पनीले  माघ ९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो ।

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । आज माघ १२ गते बिहीबार सुपर मादी हाइड्रोपावरको आइपीओमा आवेदन दिने अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् ।

यस  हाइड्रोपावर  कम्पनीले  माघ ९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आइपीओ जारी गरेको हो ।

यो मध्ये १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ ।

यस्तै, ५ प्रतिशत अर्थात् १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी १७ लाख ४३ हजार कित्ता सर्वसाधारणको लागि बिक्र खुला गरेको हो । सीडीएसका अनुसार बुधबार माघ ११ गतेसम्म यस कम्पनीको आइपीओमा १० लाख २७ हजार ८४३ जनाले १ करोड १९ लाख २ हजार ५०० कित्ताका लागि आवेदन दिएका छन् ।

यो मागभन्दा ६.८२ गुणा बढी आवेदन हो । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर भर्न सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ ।

यसलाई इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ‘इक्राएनपी आइआर डबल बी’ रेटिङ प्रदान गरेको छ ।

himalayan life insurance
igi long