citizens life insurance long ad
stcnepal long ad
national life

माया खोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले आइतबार कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् ।

Prabhu Insurance Long Ad

काठमाडौं । माया खोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज (पुस १७ गते) अन्तिम दिन हो । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले आइतबार कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् ।

हाइड्रोपावरले मंसिर २३ गतेदेखि संखुवासभा जिल्लाको आयोजना प्रभावित क्षेत्रका स्थानीयहरु र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आइपीओ बिक्री खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुबाट भने पुस ८ गतेपछि आवेदन लिन बन्द गरिएको थियो ।

कम्पनीले १० लाख रुपैयाँ बराबरको १० लाख कित्ता सेयर आयोजना प्रभावितलाई बिक्रीमा ल्याएको हो । जसमध्ये, अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला चैनपुर नगरपालिका वडा नम्बर ८ र ९, धर्मदेवी नगरपालिका वडा नं. ३, ४ र ५ तथा मादी नगरपालिका वडा नं. ४ र ६ का स्थानीयले ६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यसैगरी, प्रभावित क्षेत्र चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका उल्लेखित वडा बाहेक अन्य वडाका स्थानीयले ४ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यता, सर्वसाधारणमा निष्कासन हुने २४ लाख कित्ता सेयरमध्ये १०५ अर्थात २ लाख ४० हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि बिक्री गरेको थियो । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

प्रतिकित्ता १०० रुपैयाँको दरले आइपीओ भर्न सकिनेछ । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

आयोजना प्रभावितले माया खोला हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै, संखुवासभास्थित प्राइम बैंक, नेपाल एसबीआई बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक र हिमालयन बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

इक्रा नेपालले निष्कासनकर्ता कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम जनाउने ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ ।

himalayan life insurance
igi long