नेपाल धितोपत्र बोर्डसँग भगवती हाइड्रोपावरले आइपीओ अनुमति मागे
काठमाडौं । भगवती हाइड्रोपावरले १४ लाख ३० हजार कित्ता आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता ११६ रुपैयाँमा आइपीओ बिक्री अनुमति मागेको हो ।
धितोपत्र बोर्डबाट अनुमति पाएपछि आइपीओ निष्कासनको थप प्रक्रिया अघि बढ्नेछ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आइपीओ जारी गर्नेछ । त्यस्तै, दोस्रो चरणमा सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्नेछ ।

























