sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

रु रु जलविद्युत परियोजनाको वित्तीय विवरण सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

यस अवधिसम्ममा कम्पनीले ३ करोड ३९ लाख ८४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीको नाफा ३ करोड ३३ लाख ३५ हजार रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा उक्त नाफा १.९४ प्रतिशतले धेरै हो ।

असोज मसान्तसम्ममा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी भने २.९९ प्रतिशतले घटेर ५ करोड ४८ हजार रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यसले विद्युत् बिक्रीबाट ५ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

विद्युत् बिक्रीमा आएको कमिका कारण यसको नाफा पनि प्रभावित बनेको हो । साथै यसको वित्तीय खर्च पनि केही घटेको छ ।

कम्पनीको चुक्ता पुँजी ४४ करोड ८४ लाख ७६ हजार रुपैयाँ रहको छ । जगेडा कोषमा १७ करोड २० लाख रुपैयाँ जम्मा रहेको छ ।

यसको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ७३ पैसाबाट घटेर २२ रुपैयाँ ७३ पैसा कायम भएको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ३५ पैसा रहेको छ ।

prabhu bank
nawakantipur long