citizens life insurance long ad
stcnepal long ad

आज सानिमा माई हाइड्रोपावरको साधारण सभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा माई हाइड्रोपावरको लाभांश लगायतका महत्वपूर्ण एजेन्डाहरु पारित गर्न आज बुधबार कात्तिक २ गते साधारण सभा बस्दैछ ।

साधारण सभा स्मार्ट दरबार, ब्यान्क्वेट संखपार्क काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सानिमा माईले सभामा ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव लैजाँदैछ ।

यसले गत वर्षको नाफाबाट नगद लाभांश दिन लागेको हो । साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।

साधारण सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले असोज १२ गते बुक क्लोज गरिसकेको छ ।

यस आधारमा असोज ११ गतेसम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

IME Life
kumari