citizens life insurance long ad
stcnepal long ad

पिपुल्स पावर लिमिटेडको शेयर सूचीकरण तथा शेयर रजिष्ट्रार नियुक्ती

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । खुर्सानीटार प्रधान कार्यालय रहेको पिपुल्स पावर लिमिटेडको NEPSE Symbol, PPL प्रति शेयर रु. १००/– अंकित मूल्य को ६३,२६,००० कित्ता शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सम्पन्न भएको छ ।

आज २०७९ असोज २७ गते बिहीबारको पिपुल्स पावर लिमिटेड तथा नेपाल स्टक एक्सचेन्ज बीच सूचीकरण सम्झौता सम्पन्न भएको छ ।

पिपुल्स पावर लिमिटेडकोे प्राथमिक शेयर निष्काशन कार्य प्रभु क्यापिटल लिमिटेड मार्फत शेयर बिक्री खुल्ला भएको थियो । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुमा वितरण गरिएको ६,३२,६०० कित्ता (१०प्रतिशत), सर्वसाधारण लगानीकर्ता शेयरधनीहमा वितरण गरिएको (सामूहिक लगानी कोष र कर्मचारीहरु समेत) २४,६७,४०० (३९ प्रतिशत) र कम्पनीका संस्थापकहरुले लगानी गरेको ३२,२६,००० कित्ता (५१ प्रतिशत) शेयर समेत गरी जम्मा ६३,२६,००० कित्ता साधारण शेयर वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम २०७९ असोज २६ गतेको निर्णयानुसार नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीले रजिष्ट्रार सम्बन्धी कार्य गर्नको निमित्त शेयर रजिष्ट्रारको रुपमा प्रभु क्यापिटल लिमिटेडलाई चयन गरेको छ ।

शेयर रजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले पिपुल्स पावर लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी, लाभाशं तथा बोनश हितग्राहीको खातामा जम्मा गर्ने, शेयर रोक्का लगायत शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने कार्यहरु गर्नेछ ।

IME Life
kumari