citizens life insurance long ad
stcnepal long ad
national life

श्वेतगंगा र अपर सोलु हाइड्रोको आइपीओ सूचीकृत

Prabhu Insurance Long Ad

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर कम्पनीकोे आइपीओ नेप्सेमा सूचीकरण भएको छ । यसको १ करोड ५९ लाख ३० हजार कित्ता सेयर सूचीकरण भएको हो ।  भदौ १ गते बुधबारबाट यसको सेयर कारोबार खुला हुनेछ ।

नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम ८९ रुपैयाँ ८८ पैसादेखि अधिकतम २६९ रुपैयाँ ६४ पैसाभित्र रहेर हुनेछ । एसजीएचसी संकेतमा यसको कारोबार खुला हुनेछ ।

यस्तै, अपर सोलु हाइड्रोको आइपीओ पनि नेप्सेमा सूचीकरण भएको छ । यसको १ करोड ३५ लाख कित्ता सेयर सूचीकरण भएको हो ।  भदौ १ गते बुधबारबाट यसको सेयर कारोबार खुला हुनेछ ।

नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जस अनुसार पहिलो कारोबार न्यूनतम १०८ रुपैयाँ २१ पैसादेखि अधिकतम ३२४ रुपैयाँ ६३ पैसाभित्र रहेर हुनेछ । युएसएचईसी संकेतमा यसको कारोबार खुला हुनेछ ।

himalayan life insurance
igi long