भदौ ६ गतेदेखि बरुण हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने
काठमाडौं । आगामी भदौ ६ गतेदेखि बरुण हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले कम्पनीले १०० रुपैयाँ अंकित दरका ६ करोड ७९ लाख ७ हजार ५०० बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व पुरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ ।
हकप्रद निष्काशनका लागि कम्पनीले साउन २ गते बुकक्लोज गरिसकेको छ । यसअनुसार साउन १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।
उक्त हकप्रद शेयरमा विक्री प्रवन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग सँगै राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेवसाइट मार्फत आवेदन दिन सक्नेछन् ।