citizens life insurance long ad
stcnepal long ad

आँखुखोला जलविद्युत् कम्पनी २ करोड ४८ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाए

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आँखुखोला जलविद्युत् कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २ करोड ४८ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २२५८.प्रतिशत धेरै हो । अघिल्लो वर्ष यसले १० लाख ५२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढोत्तरी भएसँगै नाफा बढ्न टेवा पुगेको छ । अघिल्लो वर्ष १९ करोड ३५ लाख रुपैयाँ बिद्युत बिक्रीबाट आम्दानी गरेको यसले यो त्रैमासमा बढाएर २२ करोड २९ लाख रुपैयाँ पुर्याएको छ ।

यता, कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी भने घटेको छ । अघिल्लो वर्ष ९ लाख ३१ हजार रुपैयाँ रहेको अन्य श्रोतबाट हुने आम्दानी यो वर्ष घटेर ७ लाख ९३ हजार रुपैयाँ भएको छ । हाल यसको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ ।

जगेडा कोष भने २३ करोड ८५ लाख रुपैयाँ ऋणात्मक छ । यसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ १० पैसा ९वार्षिक० र प्रतिसेयर नेटवर्थ ७० रुपैयाँ १८ पैसा छ ।

IME Life
kumari