stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एचआइडीसीएलको लिलामी सेयर बाँडफाँट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) ले लिलामीमा बिक्री गरेको लिलामी सेयर बाँडफाँट भएको छ ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको संस्थापक समूहको ३ करोड कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर बाँडफाँट गरिएको हो ।

यसमा न्यूनतम १०० रुपैयाँ (कट अफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने ३७७ जना आवेदकले सेयर पाएका छन् । यता, आवेदकले लिलामी बाँडफाँटमा नपरेको सेयर वापतको पैसा आइतबार (साउन ४ गते) देखि फिर्ता पाउने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

prabhu mahalaxmi
kumari