stcnepal long ad
global ime bank long

आज असार १९ गते हिमालयन हाइड्रोपावरको आइपीओमा आवेदन दिने अन्तिम दिन

कम्पनीले १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आज असार १९ गते आइतबार हिमालयन हाइड्रोपावरको आइपीओमा आवेदन दिने अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइसक्नु पर्नेछ ।

कम्पनीको आइपीओमा शुक्रबार (असार १७ गते) दिउँसो २ बजेसम्ममा १ अर्ब १३ करोड ७७ लाख ३७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार शुक्रबार दिउँसो २ बजेसम्ममा ९ लाख ८९ हजार ६३८ जनाले १ करोड १३ लाख ७७ हजार ३७० कित्ताका लागि आवेदन दिएका छन् ।

 

 

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ६.२१ गुणा बढी आवेदन हो । यसले असार १५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरिएको छ ।

कम्पनीले १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर निष्कासन गरेको हो । योमध्ये ५५ अर्थात् ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी १८ लाख ३० हजार ४७२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले हिमालयन हाइड्रोपावरको आइपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ बी प्लस’ प्रदान गरेको छ ।

जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । इक्राले २०७८ चैत १७ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङको म्याद २०७९ चैत १४ गतेसम्म बहाल रहन्छ । लगानीकर्ताले मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।

IME Lifesidebar
kumari