citizens life insurance long ad
stcnepal long ad

आजदेखि आयोजना प्रभावित स्थानीयका लागि सयपत्री हाइड्रोपावरले आइपीओ निष्काशन गर्दै

लगानीकर्ताले आइपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म माग गर्न सक्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज असार २ गतेदेखि सयपत्री हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन तथा विक्री खुला गर्दैछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रतिशेयर १ सय रुपैयाँ अंकित दरमा ३ लाख कित्ता आइपीओ स्थानीमा विक्री गर्नेछ । आयस आइपीओ खरीदका लागि आयोजना प्रभावित क्षेत्र अर्थात बागलुङ जिल्ला ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा स्थायी बसोबास गर्ने बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

 

 

उक्त आइपीओमा छिटोमा असार १६ गतेसम्म आवेदन दिन सकिनेछ भने उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भने ढिलोमा असार ३१ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले आइपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म माग गर्न सक्नेछन् ।

यस आइपीओ खरीदका लागि प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट शाखा र एनआईबिएल एस क्यापिटल लिमिटेड, काठमाडौंबाट आवेदन दिन सकिन व्यवस्था छ ।

साथै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरू मार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले बागलुङ जिल्लामा २ दशमलव ५ मेगावाट क्षमताको दरम खोला ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७३ साल असार १२ गतदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।

IME Life
kumari