citizens life insurance long ad
stcnepal long ad

सयपत्री हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावर कम्पनीलाई आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डको अनुमति

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट सयपत्री हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावर कम्पनीले आइपीओ बिक्री गर्न  अनुमति पाएका छन् । सयपत्रीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल ९ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको छ ।

यसमा एनआइबीएल एस क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । सयपत्रीले २.५ मेगावाट जडित क्षमताको ‘दरम खोला ए’ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

 

 

यस्तै गरि मन्दाकिनी हाइड्रोपावरले पनि आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल १७ लाख ६४ हजार ११० कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको छ ।

यसको आइपीओमा बीओके क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्नेछ । मन्दाकिनीले कास्की जिल्लामा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

IME Life
kumari