रिभर फल्सको आइपीओमा पर्यो २२ लाख ७७ हजार बढीको आवेदन
(©moomsabuy - Fotolia/stock.adobe.com)
Stock-IPO-01-Adobe
IPO wording. Hand writing Stock Market message.
काठमाडौं । रिभर फल्स पावरको आइपीओमा २ करोड ११ लाख ३२ हजार ८२० कित्ताका लागि आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार जेठ ४ गते अन्तिम दिन साँझ ५ः१७ बजेसम्ममा १८ लाख ३८ हजार ४३१ जना सर्वसाधारणले २ अर्ब ११ करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ८.३२ गुणा बढी हो ।
कम्पनीले सर्वसाधारणका लागि वैशाख २८ गतेदेखि २५ लाख ३८ हजार ९०० कित्ता सेयर जारी गरेको हो । कुल २७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेकामा ५५ अर्थात् १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् ५४ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणका लागि खुला भएको हो ।
रेटिङ एजेन्सी केयर रेटिङ नेपालले रिभर फल्सको आइपीओलाई ‘कियर एनपी डबल बी माइनस आइएस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।























