stcnepal long ad
ime life insurance
global ime bank long

आज अपि पावरको हकप्रद शेयरमा आवेदन दिने  अन्तिम दिन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज अपि पावरले चैत २५ गतेदेखि निष्काशन गरेको हकप्रद शेयरमा आवेदन दिने  अन्तिम दिन रहेको छ । कम्पनीले ३९ दशमलव ३६ प्रतिशत अर्थात् १ कित्ता बराबर शुन्य दशमलब ३९३६ का दरले १ अर्ब ८ करोड ६० लाख बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले फागुन २६ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको लागि अनुमति पाएको हो । हाल कम्पनीले ४० मेगावाटको अपर चमेली परियोजना निर्माण गरिरहेको छ भने केहि मेगावाटको सोलार परियोजना समेत निर्माण गरिरहेको छ।

कम्पनीले हकप्रद निष्काशनको लागि चैत १४ गते बुक क्लोज गर्ने निर्णय गरेकोले चैत १३ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् ।

उक्त हकप्रद शेयरमा मुक्तिनाथ क्यापिटल तथा मुक्तिनाथ विकास बैंकका इटहरी, पोखरा–नागढुङ्गा, नारायणगढ, सुर्खेट, नेपालगंज, धनगढी, विराटनगर र जनकपुर शाखा कार्यालय आवेदन दिन सकिनेछ।

यसका साथै ग्लोबल आइएमई बैंकका बैतडी, गोकुलेश्वर, दार्चुला, डडेलधुरा, महेन्द्रनगर, धनगढी र अत्तरीय शाखा कार्यालय तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो शेयर सफ्टवेयर मार्फत आवेदन दिन सक्नेछन् ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी बीप्लस आईएस रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ।

prabhu mahalaxmi
kumari