citizens life insurance long ad
stcnepal long ad

 हकप्रद सेयरमा अपि पावरको मूल्य समायोजन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अपि पावर कम्पनीको ३९.३६ प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि प्रतिकित्ता ३६३ रुपैयाँ २७ पैसालाई आधार मानेर सोमबार कारोबार खुल्नेछ । कम्पनीले ३९.३६ प्रतिशत हकप्रद सेयर प्रयोजनको कम्पनीले आज चैत १४ गते बुक क्लोज गरेको छ ।

यसर्थ, चैत १२ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न सक्नेछन् । अपिले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

अपिको हकप्रद सेयरमा वैशाख १५ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

यसका साथै, मेरो सेयर सफ्टवेयर मार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ । अपि पावरको हकप्रद सेयरलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले केयर एनपी बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

यसअघि, अपिले गत जेठ २० गतेदेखि असार ९ गतेसम्म पनि ५६ लाख ७० हजार कित्ता (२९.३८प्रतिशत) हकप्रद सेयर बिक्री गरेको थियो । हाल यसको चुक्ता पुँजी २ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट अहिले फेरि १ः०.३९३६ (३९.३६प्रतिशत) अनुपातमा हकप्रद बिक्री गर्न लागेको हो । अब हकप्रद बिक्रीपछि चुक्ता पुँजी ३ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ पुग्नेछ ।

IME Life
kumari