citizens life insurance long ad
stcnepal long ad

अरुण काबेली पावरको नाफा रु.१३.५३ करोड

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अरुण काबेली पावर लिमिटेडले १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा गरेको छ । आज कार्तिक २८ गते सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको नाफा गत वर्षको यही अवधिको तुलनामा १९.२३ प्रतिशतले बढेको जनाएको छ। गत वर्ष यही अवधिमा कम्पनीले ११ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी १८.४९ प्रतिशतले बढेर २६ करोड ६९ लाख रुपैयाँ भएको जनाएको छ। गत वर्ष यही अवधिमा कम्पनीले २२ करोड ५२ लाख रुपैयाँ बराबरको विद्युत बिक्रीबापत आम्दानी गरेको थियो। कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी घटेर ९४९ रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी १ लाख ८० हजार रुपैयाँ थियो।

चुक्ता पुँजी १ अर्ब ५८ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार १०६.३४ प्रतिशतले बढेर ४२ करोड ५० लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा २० करोड ६० लाख रुपैयाँ थियो।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३४.१५ रुपैयाँ रहेको छ। पीई रेसियो १४.०६ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १२६.८१ रुपैयाँ रहेको जनाएको छ।

IME Life
kumari