stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

गोरखामा साढे चार मेगावाटको जलविद्युत् गैरआवासीय नेपालीले निर्माण गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad
national life

आर्थिक सञ्जाल । शुक्रबार, ७ चैत्र २०७६

काठमाडौं । गैरआवासीय नेपाली तथा स्थानीय साझेदारको संयुक्त लगानीमा गोरखामा एक जलविद्युत् आयोजना निर्माण हुने भएको छ । विकास हाइड्रोपावर कम्पनीले गोरखाको माछा खोलामा अप्पर माछाखोला जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो । कूल ४.५५ मेगावाट क्षमताको सो आयोजनामा मलेसियामा लामो समयदेखि व्यापार व्यवसाय गर्दै आएका गैरआवासीय नेपालीले लगानी गर्न लागेका हुन् ।

कूल रु ८१ करोड ६५ लाख लागत रहेको सो आयोजनामा स्वपूँजीका रुपमा लगानीकर्ताले रु ३२ करोड ६५ लाख लगानी गर्ने भएका छन् । यस्तै आयोजनालाई सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले रु ४८ करोड ९९ लाख लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

स्वपूँजी र ऋण लगानीको मात्रा ४० र ६० प्रतिशत रहने गरी व्यवस्था गरिएको छ । कम्पनीले दिएको जानकारी अनुसार सम्झौतापत्रमा विकास हाइड्रोपावरका तर्फबाट अध्यक्ष खगेन्द्र न्यौपाने र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन ।

प्रवद्र्धक विकास हाइड्रोपावरका अध्यक्ष न्यौपानले साना आयोजनाबाट निर्माण शुरु गरेर ठूलो आयोजनामा जाने सोचका साथ आफूहरु जलविद्युत् आयोजनामा हात हालेको बताए । नेपाल विद्युत् प्राधिकरणसँग वर्षाकालमा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता भइसकेको छ । आगामी विसं २०८० साल असारमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाको निर्माण शुरु भइसकेको जानकारी दिँदै प्रवद्र्धक कम्पनीले भने २०७८ असार भित्रै सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

“जतिसक्दो चाँडो आयोजना निर्माण सम्पन्न भयो, त्यत्ति नै हाम्रा लागि राम्रो हुने भएकाले सोहीअनुसार नै काम सम्पन्न गर्ने लक्ष्य राखेका छौँ”, अध्यक्ष न्यौपानेले भने । आयोजनाबाट उत्पादित विद्युत् कूल ३३ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइनमार्फत प्राधिकरणको सल्यानटार सवस्टशेनमा जोड्ने लक्ष्य राखिएको छ । आयोजनाले वार्षिक कूल २८।१८ गिगावाट ऊर्जा उत्पादन गर्नेछ ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सानो आयोजना भए पनि आकर्षक रहेकाले बैंकले लगानी गरेको बताए । उनका अनुसार वाणिज्य बैंकले मात्रै हालसम्म ऊर्जा क्षेत्रमा कूल रु १० अर्ब लगानी गरिसकेको जानकारी दिँदै केही महत्वपूर्ण आयोजना पाइप लाइनमा रहेको बताए ।

“ऊर्जा क्षेत्रका केही लगानी तितो भए पनि धेरै लगानी मीठो र सकारात्मक रहेको छ । हामी उच्च प्रतिफल दिने र आकर्षक आयोजनामा दिल खोलेर लगानी गर्न सक्ने अवस्थामा पुगेका छौँ”, उनले भने ।

बैंकले आर्थिक वर्ष २०७५÷७६ मा मात्रै कूल रु पाँच अर्ब चार करोड मुनाफा गरेकाले पनि थप आयोजना अगाडि बढाउन कुनै समस्या नरहेको उनको भनाइ छ । भौगोलिकरुपमा पनि आयोजना निर्माण स्थल सहज रहेको उल्लेख गर्दै आयोजनाले हिउँदमा समेत उच्च प्रतिफल दिने प्रवद्र्धक कम्पनीले जानकारी दिएको छ ।

prabhu mahalaxmi
kumari