Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

मंगलबारदेखि मध्य भोटेकोशीको स्थगित आइपीओ  पुनः खुला हुने

civilbank long ad

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको स्थगित आइपीओ  साउन ५ गते मंगलबारदेखि पुनः खुला हुने भएको छ । कम्पनीले आयोजना प्रभावितका लागि वैशाख २१ गतेदेखि आइपीओ बिक्री खुला गरेकामा कारोना भाइरस रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण वैशाख २४ गतेदेखि स्थगित भएको थियो ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आयोजना प्रभावित स्थानीयले अब मंगलबारदेखि पुनः यस आइपीओमा आवेदन दिन सक्नेछन् ।

स्थानीयले साउन १७ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा माग अनुसार आवेदन नपरेमा भने साउन ३२ गतेसम्म खुला रहनेछ । स्थगित हुनु अघि आवेदन दिएका स्थानीयले पुनः आवेदन दिनु नपर्ने बिक्री प्रबन्धकले जनाएको छ ।

सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र काठमाडौं जिल्लामा ७ वटा संकलन केन्द्रबाट दरखास्त फारम भर्न र रकम बुझाउन सकिनेछ । साथै, आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न सकिन्छ ।

यसको अलावा इ सेवा र आइएमई पेको अनलाइन पेमेन्ट गेटवे तथा ग्लोबल आइएमई क्यापिटलको वेबसाइटबाबट अनलाइन आवेदन दिन सकिने व्यवस्था छ ।

स्थानीयले न्यूनतम ५० कित्तादेखि अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । मध्य भोटेकोशीले सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावितका लागि कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको हो ।

जसमध्ये ३०% ले हुने १८ लाख कित्ता सेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविकको लिस्ती र मार्मिंग गाविस) र बाह्रबिसे नगरपालिका वडा नम्बर ५,६,७ र ८ (साविकको गाती, घुम्पांग र मानेश्वरा गाविस) का स्थानीयलाई छुट्याईएको छ । यस्तै, ७०% ले हुन आउने ४२ लाख कित्ता सेयर सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थानीयवासीको लागि छुट्याइएको छ ।


४ साउन २०७८, सोमवार २०:२४ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad