stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

१० जलविद्युत् कम्पनीको आईपीओ आउँदै

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल  सोमबार, २६ फागुन २०७६

काठमाडौँ । जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण घटिरहेका बेला करिब एक दर्जन जलविद्युत् कम्पनीको प्राथमिक सेयर (आईपीओ) बजारमा आउँदै छ । ती कम्पनीले सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिइसकेका छन् ।

बोर्डबाट अनुमति पाएपछि ती सेयर बजारमा आउनेछन्। बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ।

हाल विभिन्न क्षेत्रका १४ कम्पनीको प्राथमिक तथा थप निष्कासन (आईपीओ र एफपीओ) बजारमा आउँदै छ। तीमध्ये १० वटा जलविद्युत् कम्पनी छन्। बाँकी ४ वटामध्ये लघुवित्त, बिमा, अन्य र मर्चेन्ट बैंकिङ क्षेत्रका कम्पनी छन्। हाल सेयर निष्कासन अनुमति प्रक्रियामा रहेका कम्पनीमध्ये प्रायः जलविद्युत्ले स्थानीयवासी र बाँकीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेका हन्।

बोर्डको तथ्यांकअनुसार हालसम्म विभिन्न क्षेत्रका १४ कम्पनीले ४ अर्ब ५१ करोड २२ लाख ५५ हजार रुपैयाँ बराबरको ४ करोड ५१ लाख २२ हजार ५ सय ५० कित्ता सेयर निष्कासन गर्दै छन्। आजको कान्तिपुर दैनिकबाट

prabhu mahalaxmi
kumari