citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ५०५ हकप्रद सेयरमा आवेदन दिने आज आइतबार जेठ २ गते अन्तिम दिन हो । आइतबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

यसले वैशाख ६ गतेबाट ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । ५० प्रतिशत हकप्रद सेयरका लागि यसले चैत ९ गते बुक क्लोज गरिसकेको छ । चैत ८ गतेसम्म कायम सेयरधनीले यस हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गरेको छ । हकप्रदमा मुक्तिनाथ क्यापिटल, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ट्रेड टावर, थापाथलीबाट आवेदन दिन सकिनेछ ।

यस्तै, मुक्तिनाथ विकास बैंकको इटहरी, इलाम, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

साथै, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयर मार्फत आवेदन दिन सकिनेछ ।

कम्पनीको हकप्रद सेयरलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

हाल यसको चुक्ता पुँजी ९९ करोड ५७ लाख रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट ५०५ हकप्रद सेयर निष्कासन खुला गरेको हो । हकप्रद बिक्रीपछि अरुण भ्यालीको चुक्ता पुँजी १ अर्ब ५७ करोड २३ लाख ५९ हजार रुपैयाँ पुग्नेछ ।

himalayan life insurance
igi long