सिंगटी हाइड्रो इनर्जीको सेयर भाउ बढेर सर्किट
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपीओ बुधबारबाट नेप्सेमा कारोबार सुरु भएको छ । यसको पहिलो कारोबार ३०० रुपैयाँमा खुलेको हो । १०५ भाउ बढेर ३३० रुपैयाँ पुगेको छ । बिक्रेता देखिएका छैनन् ५ लाख ६३ हजारभन्दा बढी कित्ताका लागि क्रेता आएका छन् । नेप्सेले सिंगटीको ओपनिङ रेन्ज पनि तोकेको थियो ।
जसअनुसार पहिलो कारोबार न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँको रेन्जमा रहेर हुनुपर्ने व्यवस्था थियो । सोही अनुसार रेन्जको सबैभन्दा माथिल्लो विन्दुमा कारोबार खुला भएको हो ।
‘एसएचइएल’ संकेतमा सिंगटीको दोस्रो बजारमा कारोबार खुला भएको छ । यस हाइड्रोपावरले चुक्ता पुँजीका अधारमा कायम १ करोड ४५ लाख कित्ता सेयर मंगलबार सूचीकरण गरेको हो ।
सिंगटीले चैत ६ गतेबाट १० गतेसम्म १०० रुपैयाँ दरको कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी २६ लाख ९७ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो। यसमा २ लाख ६९ हजार ७०० जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका थिए।























