stcnepal long ad
ime life insurance
global ime bank long

रुरु जलविद्युत परियोजनाको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रुरु जलविद्युत परियोजनाले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पुससम्म कम्पनीले ६ करोड ७६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो सोही अवधिसम्म कम्पनीले ५ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा १।९२ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीले ९ करोड २२ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ९ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको लागत २ करोड १६ लाख रुपैयाँ घटाउँदा कुल आम्दानी ७ करोड ६ लाख रुपैयाँ रहेको देखिन्छ।

चुक्तापुँजी ५६ करोड ७३ लाख रुपैयाँ कम्पनीको रिजर्भमा १६ करोड ४५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भमा २२ करोड ३ लाख रुपैयाँ रहेको थियो। रिजर्भको आकार २५।३२ प्रतिशतले घटेको छ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर २१.१८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २३.९० रुपैयाँ थियो। पीई रेसियो ३४.४२ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ रहेको छ।

prabhu mahalaxmi
kumari