अपी पावरको नाफा १४५ गुणा बढ्यो

काठमाडौं । अपी पावर कम्पनीको नाफा १४५ गुणाले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा ३१ करोड १६ लाख रुपैयाँ छ । गत आवको यसै अवधिमा यस्तो नाफा २१ लाख ४३ हजार रुपैयाँ थियो ।
विद्युत् बिक्री आम्दानी बढ्नु र लगानीको वास्तविक मूल्याङ्कन वापतको नाफा ९फेयर भ्यालु गेन० का कारण खुद नाफामा भारी वृद्धि देखिएको छ । विद्युत् बिक्री आम्दानी पहिले ६२ करोड रहेकोमा अहिले ८५ करोड ८० लाख रुपैयाँ छ ।
त्यस्तै फेयर भ्यालु गेनमा २२ करोड ३१ लाख रुपैयाँ जनाइएको छ । कम्पनीको वित्तीय लागत भने बढेको छ । यस्तो लागत पहिले २१ करोड ४७ लाख रुपैयाँ रहेकोमा अहिले ३३ करोड ९३ लाख रुपैयाँ छ ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १० रुपैयाँ २६ पैसा छ । प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ १८ पैसा छ । बजारमा सेयर मूल्य प्रतिकित्ता २७६ रुपैयाँ ९० पैसा छ ।