stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

ङादी ग्रुप पावरको शतप्रतिशत हकप्रद सेयर माघ १४ गतेसम्म आवेदन दिन सक्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  ङादी ग्रुप पावरले पुस २३ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरिरहेको छ । कम्पनीले १ः१ अनुपातमा १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद सेयर जारी गरेको हो ।

जस अनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ ।

यस हकप्रद सेयरका लागि यसले मंसिर १८ गते बुक क्लोज गरेको हो । तसर्थ, मंसिर १७ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयर दाबी गर्न पाउनेछन् । यो हकप्रद सेयरमा लगानीकर्ताले माघ १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यसमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । यस हकप्रदमा बिक्री सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल काठमाडौं र सिद्धार्थ बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि चुक्ता पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकम आयोजनाको मर्मत सम्भार गर्न, ऋण तिर्न साथै नयाँ आयोजनामा लगानी गर्न प्रयोग गर्नेछ ।

prabhu mahalaxmi
kumari