छ्याङदी हाइड्रोपावरको दशौं र एघारौं वार्षिक साधारण सभा आज बस्दै
काठमाडौं । छ्याङदी हाइड्रोपावर कम्पनीको दशौं र एघारौं वार्षिक साधारण सभा आज आज पुस ५ गते शुक्रबार बस्दैछ ।
हाइड्रोपावर कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । यसर्थ, यो पटक पनि सेयरधनीको हात खाली हुनेछ ।
साधारण सभामा आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
यस्तै, साधारण सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव हुनेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर २७ गते गते बुक क्लोज गरिसकेको छ । तसर्थ, मंसिर २६ गतेसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन पाउने छन् ।
साधारण सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ ।