evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

सिडिबि हाइड्रोपावरको विशेष साधारणसभा आज

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सिडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले विशेष साधारणसभा आज कार्तिक २० गते बस्दैछ ।

कम्पनीको साधारणसभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियामक निकायको निर्देशन अनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन तथा थपघट गर्न आवश्यक भएमा सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

यस बाहेक साधारण सभाले कम्पनीको ५ जना संचालकहरूको नियुक्ति गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । विशेष साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक १२ गते बुक क्लोज तय गरेको थियो । अर्थात कात्तिक ११ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन्।

डेभलपमेन्ट कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले कालिमाटीस्थित कालिमाटी ब्याङ्क्वेटमा बिहानको ८ बजे साधारण सभा बोलाएको थियो।

igi long
himalayan life insurance long ad