sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

रु रु जलविद्युत परियोजनाले कात्तिक ११ गते साधारण सभा

यस पटक १५.७८ प्रतिशत लाभांश दिंदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडले यस पटक १५.७८ प्रतिशत लाभांश दिंदैछ । यस कम्पनीको असोज १२ गते बसेको सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले बोनस सेयर जारी गरे पश्चात कायम हुने पुँजीमा ८० प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने घोषणा गरेको छ । उक्त प्रस्ताव पारित गर्न रु रु जलविद्युत परियोजनाले कात्तिक ११ गते साधारण सभा बोलाएको छ ।साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज ३० गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज २९ गतेसम्म (मंगलबार) कायम रहने सेयरधनीले मात्र लाभांश हात पार्न र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् । साधारण सभा लिसारा ब्यांकेट, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

gold
prabhu bank
nawakantipur long