stcnepal long ad

माण्डु हाइड्रोपावरको असोज १४ गते वार्षिक साधारण सभा

सेयरधनीलाई कर सहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माण्डु हाइड्रोपावरले असोज १४ गते वार्षिक साधारण सभा डाकेको छ ।  हाइड्रोपावर कम्पनीको साधारण सभाले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले भदौ ३१ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, भदौ ३० गतेसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न र सभामा सहभागिता जनाउन सक्नेछन् ।

साधारण सभा नेपा ब्यांकेट, नयाँ बजार, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।