sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

न्यादी हाइड्रोको नेटवर्थ ६६ रुपैयाँ, खुद नोक्सानी १६.६६ करोड

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । न्यादी हाइड्रोपावरले गत आर्थिक वर्ष २०८०/८१ को चौथौं त्रैमासमा खुद नोक्सानी २० प्रतिशत घटाएको छ ।

गत असारसम्म १६ करोड ६६ लाख ७३ हजार रुपैयाँ नोक्सानीमा छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको खुद नोक्सानी २० करोड ९३ लाख २१ हजार रुपैयाँ थियो ।

कम्पनीले विद्युत बिक्री वापत ५९ करोड २० लाख ४६ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही  अवधिमा  कम्पनीले ५९ करोड १६ लाख ४४ हजार  रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो ।

कम्पनीको कुल नाफा ३२ करोड ७९ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीको अन्य आम्दानी ७८ हजार रुपैयाँ छ ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीको वित्तीय खर्च ४५ करोड ७९ लाख रुपैयाँ रहेकोमा वित्तीय आम्दानी ३ लाख ७९ हजार रुपैयाँ रहेको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ११.११ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ ६६.०२ रुपैयाँ छ ।

gold
prabhu bank
nawakantipur long