sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

आरती पावर कम्पनीले सर्वसाधारणमा शेयर निष्काशन गर्ने

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । आरती पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा शेयर निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले साउन ३२ गते शुक्रबार नवौं वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीको साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ८ स्थित पारिजात पार्टी प्यालेस, जाल्पाचोकमा दिनको २ बजेदेखि ५ बजेसम्म सभा बस्ने निर्णय गरेको हो ।

सभाले सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने र सोबाट प्राप्त हुने रकम उपयोग गर्ने, गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन छलफल गरी स्वीकृत गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै कम्पनीको शेयर पूँजीको समूहगत वर्गीकरण संसोधन गर्न कम्पनीको प्रबन्धपत्रको दफा ६ को उपदफा ४ संसोधन गर्ने र कम्पनीको नियमावलीको नियम २७ बमोजिम संचालक समिति चयन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

gold
kumari bank
nawakantipur long