stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

चिरख्वा हाइड्रोपावरको असार २३ गते वार्षिक साधारण सभा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले असार २३ गते वार्षिक साधारण सभा बोलाएको छ । तर हाइड्रोपावर कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।

साधारण सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साथै, सर्वसाधारण समूहको प्रतिनिधित्व गर्ने २ जना सञ्चालको निर्वाचन हुनेछ ।

साधारण सभा प्रयोजनका लागि यसले असार १२ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असार ११ गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

साधारण सभा, क्वालिटी ब्यांकेट, बुद्धनगर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

 

prabhu mahalaxmi
kumari